महिनावारी महिलामा किशोरावस्थाबाट सुरु हुने मासिक प्रक्रिया हो। यस्तो प्राकृतिक प्रक्रिया भएका बेला हर्माेनको गडबढीले महिलाहरुमा विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्याहरु देखापर्छ।
तर, महिलामा देखिने यस्ता समस्यालाई उनीहरुको शारीरिक बनावट तथा वशांणुगत गुणले पनि प्रभाव पार्छ।
त्यसैले ती समस्या सबै महिलालाई एकै किसिमको नभएर फरक–फरक रुपमा देखा पर्छन्। कतिपयलाई महिनावारीको समयमा नियमित तथा सामान्य रुपमा हुने भन्दा बढी रक्तश्राव हुन्छ। उच्च रक्तश्राव हुने अवस्थालाई ‘मेनोरेजिया’ भनिन्छ।
एक अमेरिकी अध्ययनअनुसार प्रत्येक वर्ष विश्वका १० करोड महिलाहरु उक्त समस्याबाट ग्रसित हुने गरेका छन्।
शरीरमा हुने हर्माेनको गडबढीका कारण महिनावारी चक्रले उत्पादन गर्ने अण्डामा कमी आउने भएकोले ‘मेनोरेजिया’को समस्या देखापर्ने उक्त अध्ययनले देखाएको छ।
मेनोरेजियाका कारण महिलामा सामान्य अवस्थाको महिनावारीको बेलामा हुने रक्तश्रावको तुलनामा ठिक २ गुणा बढी रक्तश्राव हुन्छ। र निरन्तर उच्च रक्तश्राव हुने क्रम ७ दिनभन्दा बढी पनि देखिने गर्छ।
त्यस्तो समस्या देखिनुको थुप्रै कारण हुन सक्छन्। जसअन्तर्गतः वशांणुगत गुण, पाठेघर सम्बन्धिको समस्या, क्यान्सर, डिम्बाशयसम्बन्धिको रोग, गर्भपतन आदी।
लगातार हुने उच्च रक्तश्रावले महिलाको दैनिकीमा मात्रै प्रभाव नपारी उनीहरुमा एनेमिया (रक्तअल्पत्ता)जस्ता अन्य शारीरिक समस्याहरु समेत निम्तिनसक्छ।
कुनै पनि महिलाको शरीरबाट २० प्रतिशत रगत खेर जानुपर्छ। जुन महिलाको सामान्य अवस्था हो।कहिलेकाँही निरन्तर रक्तश्राव भई महिला अचेत हुने अवस्था समेत आउनसक्छ। तर, उच्च रक्तश्रावले डराउँनु पर्दैन।
सामान्यतयाः महिनावारीको समयमा कुनै पनि महिलाको शरीरबाट ३० देखि ४० मिली लिटर रगत जान्छ। तर, मेनोरेजियाका कारण भने शरीरबाट ८० मिली लिटरसम्म रगत खेर जाने संभावना रहन्छ।चिकित्सकको सल्लाहबमोजिम गरेमा खतरामुक्त हुनसकिन्छ।
महिलामा यस्तो अवस्था देखापर्नुका पछाडि माथि उल्लेख गरे जस्तै विभिन्न शारीरिक रोगहरुको लक्षणहरु पनि हुनसक्छ।
सोहीकारण कुनै पनि महिलामा उच्च रक्तश्राव लगातार देखापरेको अवस्थामा सम्बन्धित चिकित्सकसँग सल्लाह लिन उचित हुन्छ। जसबाट खतरामुक्त हुनसकिन्छ।
अन्तर्राष्ट्रिय पत्रिका ‘मेडिकल न्यूज टुडे’बाट अनुवादित