शिक्षण अस्पताल महाराजगञ्जमा चौथोपटक कलेजो प्रत्यारोपण गरिएको छ। काठमाडौं बौद्धका ५७ वर्षीय बुवालाई उनकी २७ वर्षीया छोरीले कलेजो दान गरेकी हुन्।
झण्डै नौ घण्टा लगाएर अंग प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेश सिंह भण्डारीको टोलीले सफल रूपमा कलेजो प्रत्यारोपण गरेको हो।
अहिले बाबुछोरीकै स्वास्थ्य स्थिर रहेको उनले बताए।
डाक्टर भण्डारीकै नेतृत्वको टिमले गत जेठ १८ गते पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो। त्यसपछि साउन ३ मा दोस्रो र कात्तिक १ गते तेस्रोपटक कलेजो प्रत्यारोपण गरिएको थियो।
कलेजो प्रत्यारोपणका लागि तीन महिना पालो कुर्नुपर्ने र २५ लाख रुपैयाँमा प्रत्यारोपण गर्न सकिने उनले बताए।