श्वासप्रश्वासका रोग धेरै छन्। तीमध्ये धेरै वरपरको वातावरण, हाम्रो आनीबानी, सुर्तीलगायत पदार्थको सेवनले गर्दा हुन्छन्।
सुर्तीजन्य पदार्थको सेवन गर्दा फोक्सो बिग्रिने र नाकदेखि फोक्सोसम्मका श्वासप्रश्वासका अंग बिग्रिने हुन्छ।
श्वासप्रश्वासको समस्या पहिलाभन्दा अचेल धेरै बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को तथ्यांकअनुसार नै संसारभर मृत्युको तेस्रो कारण नै श्वासप्रश्वास समस्या बनेको छ। यसमा क्षयरोग पनि पर्छ। एलर्जीले हुने आस्थ्माजस्तो पनि देखिन्छ।
अहिले आधुनिकीकरण र औद्यौगिकरणले वायु प्रदुषण बढिरेहको छ। जसले गर्दा फोक्सो र मुटुका रोगी बढेका छन्।
काठमाडौं विश्वका सातौं प्रदुषित सहरमा पर्छ।
डब्लुएचओको मापदण्डभन्दा हामीले ९० प्रतिशत कम स्वच्छ हावा पाउँछौं।
हामी गरिब छौं र हाम्रो देश विकासोन्मुख भएकाले अरू स-साना सरूवा रोगदेखि ठूल्ठूला रोग नियन्त्रण गर्न सकेका छैनौं।
हाम्रो जीवनस्तर र आर्थिक कारणले पनि हामीलाई यस्ता समस्यासँग जुध्न कठिन छ।
श्वासप्रश्वासको समस्या देखिनुको ठूलो कारण वायु प्रदुषण हो। जसलाई हामी चाहेर पनि रोक्न सक्दैनौं। वायु प्रदुषण रोक्न लामो समय लाग्छ, सबैको प्रयास चाहिन्छ।
समयमा सबै रोगका खोप नियमित रूपमा लिइयो भने फोक्सोमा आउने समस्या रोक्न सकिन्छ।
रोगको समयमै पहिचान गर्न नसक्नु, उचित उपचार गर्न नसक्नु पनि श्वासप्रश्वाससम्बन्धी रोग लाग्नुको मुख्य कारण हो।
त्यसका लागि स्वास्थ्यकर्मी पनि पर्याप्त हुनपर्छ। यसका लागि चाहिने औषधी उपचार र रोकथामका लागि हरेक ठाउँमा सबैको पहुँचमा हुनुपर्छ।
कसरी गर्ने उपचार
उपचार आफैंमा एउटा शब्दजस्तो मात्रै पनि होइन। बिरामीको सुरूदेखि अवस्थाबारे कुराकानी गर्नुपर्छ। बिरामीले जब समस्या लिएर आउँछ हामी उसको बिरामीको विगत हेर्छौं।
हामीले पनि जाँचेर खोतल्छौं। के-के मेल खान्छ के नयाँ चिज देखिन्छ के मेल खाँदैन यसको अनुसन्धान गर्छौं। रगत जाँच्नेदेखि एक्सरे, सिटीस्क्यान, अल्ट्रासाउण्ड सबैको परीक्षणपछि अगाडि बढ्न सकिन्छ।
यो रोगको सम्भावना देखियो अथवा यो रोग नै हो भन्ने आधारमा हामी अगाडि बढ्छौं। यो सारा विधिलाई नै उपचार भनिने भयो।
यी सबै काम गर्नलाई पनि विशेषज्ञदेखि लिएर सम्पूर्ण हाम्रो पर्याप्ततादेखि लिएर रोकथामका कुरा अनि भएकालाई उपचार गर्ने सबै उपचारको पाटो हो।
विश्वमा लगभग ४ सय मिलियनलाई श्वासप्रश्वासको समस्या छ। यो विश्वको तथ्यांक हो। हाम्रो होइन। त्यसमध्ये १० मिलियनलाई क्षयरोगको समस्या छ। १ दशमलव ६ मिलियन जनसंख्याको मृत्यु क्षयरोगकै कारण भएको छ। त्यो नेपालजस्ता गरिव देशमा हो। धनी देशमा छैन। यसले फोक्सो बिगारेर श्वासप्रश्वासमै समस्या पार्छ।
सबैले रोकथाम र जनचेनताको हिसाबले सोच्न सक्यौं भने धेरै फाइदा छ।
यसको लागि एउटा मापनको मापदण्ड हुनपर्छ। हामीकहा अनुसन्धान र दक्ष जनशक्ति पनि छैन।
हामीकहाँ कस्ता रोग छन्, उपचारको क्षमता कति छ, त्यसको अध्ययन गर्न जरूरी छ। जसले जहाँबाट पनि एन्टिबायोटिक दिने गर्छन्। दिन मिल्ने की नमिल्ने, हामीले यसको कति अभ्यास गर्न सक्छौं। त्यो तहमा हुन सक्छ कि सक्दैन।
सबै चिकित्सकले जथाभाबी औषधी नलेख्ने हो भने र यसलाई एउटा नैतिकता आदर्शसँग जोड्ने हो भने केही समय लाग्छ होला तर सुधार्न सकिन्छ।
रोकथाम कसरी गर्ने
श्वासप्रश्वाससँग सम्बन्धित धेरै रोग रोकथाम गर्न सकिन्छ।
रोकथामको लागि मास्क लगाउने रूघा लागेको छ भने त्यस्ता-त्यस्ता बिरामीसँग टाढा बस्ने। हात नमिलाउने बरू हाम्रो परम्पराअनुसारको नमस्कार गर्न सकिन्छ।
हात मिलाउँदा कुनै न कुनै माध्यमबाट अर्को व्यक्तिसँग किटाणु जान्छ। जोसँग हात मिलाउँछौं उसको हातमा भएको केही चिज त अवश्य सर्छ। उसको छालामा केही किटाणु छ भने कुनै न कुनै माध्यमबाट शरीरमा प्रवेश गर्छ।
हात मिलायो एकछिनपछि आखा चिलाएजस्तो भयो त्यहाँ चलायो नाक चलायो, गर्दागर्दै शरीरमा किटाणु प्रवेश गर्छ।
अलि टाढा बस्ने अनि धुलोधुँवालाई नियन्त्रणको प्रयास गर्नुपर्छ। रूघा लाग्नसाथ आराम गर्ने झोलिलो पदार्थ बढी खाने अनि बच्चा वृद्ध र दीर्घरोगीसँग नजिक पर्नु हुँदैन।