उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल आउने कुनै पनि औषधि भारतले नरोक्ने बताएका छन्।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतीय पक्षसँग कुराकानी भइरहेको र तत्काल औषधि नरोकिने जवाफ आएको बताए।
कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएको थियो।
भारतको उक्त कदमपछि वाणिज्य सचिवस्तरीय वार्ता भएको मन्त्री भट्टले जानकारी दिए।
‘हामीले कुराकानी गरिसकेका छौँ, विशिष्ट अवस्था भएकाले आवश्यक वस्तु रोक्दैनौँ भनेर जवाफ आएको छ। चीनबाट औषधि सम्बन्धी कच्चा पदार्थ जान्छ। आफूलाई असर पर्छ कि भनेर २६ ओटा औषधिमा रोक लगाएको छ, तर नेपालका लागि नरोक्ने जवाफ आएको छ’ उनले भने।