हर्मोन एक प्रकारको रसायन हो। हाम्रो शरीरका विभिन्न ग्रन्थीले फरक–फरक हर्मोन उत्पादन गर्छ। जसको काम पनि छुट्टाछुट्टै हुन्छ। जस्तैः घाँटीमा थाइरोइड ग्रन्थी, मष्तिष्कमा पिट्युटरी ग्रन्थी, प्याराथाइरोड ग्रन्थी हुन्छ। पिट्युटरी ग्रन्थीले चार/पाँच वटा हर्मोन उत्पादन गर्छ।
सोहीमध्येको एउटा हर्मोनले थाइरोइड ग्रन्थीलाई उत्तेजक बनाउँछ। त्यसले नै थाइरोइड हर्मोन उत्पादन गर्छ।
थाइरोइड हर्मोनले शरीरका विभिन्न अंगलाई सही ढंगले चलाउन र त्यसलाई जिवित राख्न सहयोग गर्ने थाइरोइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा.अमृत त्रिपाठीले बताए।
थाइरोइड हर्मोनसँगै रहेको प्याराथाइरोइड ग्रन्थीले प्याराथाइरोड हर्मोन उत्पादन गर्छ। जसले शरीरमा क्याल्सियमको मात्रा ठिक राख्छ।
त्यसैगरी, प्याङक्रियाज (आमाशय) ग्रन्थीले इन्सिुलिन हर्मोन निकाल्छ। सोही हर्मोन कमी हुँदा मधुमेह रोग लाग्छ। शरीरमा हुने कटिसन हर्मोनले ग्लुकोजको मात्रा मिलाउँछ।
अल्डोस्टोरल ग्रन्थीले ब्लडप्रेसर नियन्त्रण र नुनको मात्रा शरीरमा ठिक राख्छ। यी लगायतका अन्य हर्मोनको काम पनि महत्वपूर्ण हुने डा. त्रिपाठी बताउँछन्।
यी हुन् हर्मोनका प्रकार
डा. त्रिपाठीकाअनुसार हर्मोनलाई ‘केमिकल्ली’ तीन प्रकारमा विभाजन गरिएको हुन्छ। ती हुन्ः एमाइन हर्मोन, पेप्टाइड हर्मोन, तेस्रो स्टेरोइड हर्मोन। थाइरोइड हर्मोन एमाइन गु्रपभित्र पर्छ।
एड्रेनल ग्रन्थीबाट निस्केको मेल सेक्स अर्गान टेस्टिस, फिमेलको डिम्बासयबाट निस्कने हर्मोन स्टेरोइड हर्मोनभित्र पर्छ।
यीबाहेक ब्रेनमा भएको हाइपोथालामस, आमाशयबाट निस्कने हर्मोन लगायतका अधिकांश हम्रोन पेप्टाइड ग्रुपमा पर्छन्।
हर्मोन गडबढी हुँदा कस्ता समस्या
प्रत्येक हर्मोनको शरीरमा जुन भूमिका हुन्छ त्यही नै गडबढी भएपछि सोहीअनुसारको लक्षण र रोग देखापर्ने डा. त्रिपाठीले जानकारी दिए। जस्तैः मधुमेह इन्सुलिन हर्मोनको गडबढीले हुन्छ।
त्यसैगरी, थाइरोइड ग्रन्थी घाँटीको रूद्रघन्टीको दायाँ र बायाँ हुन्छ। उक्त हर्मोन बढी वा घटी उत्पादन हुनसक्छ। थाइरोइड हर्मोन बढी हुने अवस्थालाई हाइपडथाइरोडिजम भनिन्छ। यो बढी हुँदा मुटु छिटो चल्ने, पसिना आउने, महिनावारी गडबढी हुने, पखाला लाग्ने, मेटाबोलिजम छिटोछिटो हुन्छ।
आफू जिवित रहेर कोशिका वृद्धि गर्नु, खानेकुरालाई शक्तिमा रूपान्तरण गर्ने र त्यही शक्तिलाई प्रयोग गरेर कोशिकालाई जिवित राख्नु नै मेटाबोलिजम हो। जुन कामलाई नियन्त्रणमा थाइरोइड हर्मोनले राख्छ।
यसैगरी, यो हर्मोन थोरै उत्पादन हुँदा तौल बढ्ने, कपाल झर्ने, कब्जियत हुने, थकान महशुस हुने, काम गर्न मन नलाग्ने लगायत हुन्छ।
महिलामा ‘सेक्स हर्मोन’ गडबढी छ भने पोलिसिस्टिक ओभेरीयन सिन्ड्रम हुनसक्छ।
पुरूषमा टेस्टोस्टोरम हर्मोन हुन्छ, जुन कुन समयमा कमी आएको हो त्यसमा भर पर्छ। पिभर्टी भन्ने एउटा समय हुन्छ, सोही समय भन्दा अघि कमी आएको हो भने यौवनअवस्थामा आउने परिवर्तन नआउने, पुरूषको जस्तो आवाज निस्किन्छ।
‘पिभर्टी’ भन्दापछिको समयमा हर्मोन कमी भएमा यौन जीवन असन्तुष्ट हुने लगायत समस्या निम्तिन्छन्।
त्यस्तै, मष्तिस्कमा हाइपोथालामस क्षेत्र हुन्छ। जसले ५–६ किसिमका हर्मोन उत्पादन गर्छ। यसले मष्तिष्कमा भएका पिट्युटरी ग्रन्थीलाई रेगुलेट गर्छ।
हाइपोथालामसमा नै गडबढी भए त्यससँग सम्बन्धित विभिन्न समस्या निम्तिन्छन्। जस्तैः ब्रेनमा ट्युमर छ, विभिन्न रोगहरू छन्, कुनै इन्फेक्सन छ भने हाइपोथालामसमा हर्मोन गढबढी हुन्छ। जुन हर्मोन गडबढी हुन्छ, सोही हर्मोन विशेषका समस्याहरू आउने डा. त्रिपाठी बताउँछन्।
यसकारण हर्मोन गडबढी
डा. त्रिपाठीका अनुसार हर्मोन एउटा कारणले मात्रै गढबढी हुन्छ भन्न सकिदैन। जस्तैः थाइरोइड हर्मोन गडबढी हुनुको एक कारण ‘अटो इम्युनिटी’ हो। जसले बाहिरको ब्याक्टेरियासँग आक्रमण गर्नुपर्नेमा कहिलेकाही भित्री अंगहरूसँगै आक्रमण गर्छ।
‘विशेषगरी थाइरोइडमा अटो इम्युन मेकानिजसमबाट आफ्नो थाइरोइड ग्रन्थीलाई विनास गर्छ। यस्तो भएपछि अटो इम्युनले कहिलेकाही थाइरोइड हर्मोन उत्पादन बढी गराउनसक्छ। जसलाई हाइपोथाइराडिजम भनिन्छ।’
त्यस अवस्थामा थकान हुनु, काम गर्न मन नलाग्नु, दिउँसो निद्रा लाग्नु, तौल बढ्दै जानु, कब्जियत हुनु, महिनावारी गढबढी हुनु, कपाल झर्नु जस्ता लक्षण देखिन्छन्। ‘हाइपोर्डथाइराडिजम’ अवस्थामा यसको विपरीत लक्षण देखिन्छन्। जस्तैः मानिस उत्तेजित हुनु, पसिना आउनु, मुटु ढुकढुक हुनु, गर्मी सहन नसक्नु लगायत हुन्छ।
अटो इम्युनिटले भने थाइरोइड ग्रन्थीको ‘अटो इम्युन डिस्ट्रक्सन’गर्छ। नेपालमा मानिसले थाइरोइड भयो भन्नु यही ‘हाइपोथाइराडिजम’ रहेको डा. त्रिपाठीले बताए।
इन्सुलिन हर्मोनको गडबढी भएपछि मुधुमेह हुन्छ। मधुमेहको दुइवोटा टाइपमा टाइप वान पनि यही अटोइम्युन मेगानिजमअनुसार हुन्छ।
त्यस्तै, प्यानक्रियाज ग्रन्थीमा ‘बिटासेल्स भन्ने क्षेत्र हुन्छ जसले इन्सुलिन बनाउँछ। उक्त बिटासेल्सको ‘अटो इम्युन डिस्ट्रक्सन’ भएपछि इन्सुलिन बनाउन पाउँदैन र मधुमेह हुन्छ, जुन टाइप वान मधुमेह हो।
अर्को, टाइप टु मधुमेहमा बिटासेल्सले इन्सुलिन प्रर्याप्त बनाउँदा बनाउँदै पनि मोटोपना, अस्वस्थ जीवनशैली, असन्तुलित खानपान, अत्यधिक तनाव, व्यायामको कमीले इन्सुलिन रेसिस्ट्यान्स गराएर बिस्तारै काम गर्न नदिने अवस्था निम्ताउँछ।
त्यसपछि बिटासेल्सले इन्सुलिन नै नपुगेको होकी भनेर उत्पादन बढाउन सुरु गर्छ। विस्तारै बिटासेल्सको क्षमता पनि कम हुँदै जान्छ। यसरी ‘टाइप टु’ मधुमेह हुन्छ।
यससँगै एड्रेनल ग्रन्थी जुन मिर्गौलाको अपर पोलमा हुन्छ जसले ‘एक्स्ट्रा एक्सेस कट्टिसोल बनाउँछ। एड्रेलन ग्रन्थीभित्र कुनै ट्युमर निस्कियो, सेल्सहरू वृद्धि भयो भने कट्टिसोल ओभर प्रोडक्सन हुन्छ वा अल्डोस्टोरल प्रोडक्सन हुन्छ।
कट्टिसल ओभर प्रोडक्सन भए पनि मधुमेह हुन्छ। र मुख सुन्निने, तिघ्रा र पेटमा रातो–रातो मोटो धर्सा देखिने, ढाडमा बोसो जम्मा हुने, मांशपेशीहरू कमजोर हुन्छ। यसले गर्दा सिढी चढ्न गाह्रो हुने, कपाल कोर्दा दुख्ने, बसेर उठ्दा गाह्रो हुन्छ।
यदि कट्टिसोल कम बनेमा मधुमेह र प्रेसर कम हुन्छ जसलाई एड्रिनल इनसफिसियन्सि’ भनिन्छ। जुन ‘प्राइमरी’ र सेकेन्डरी हुन्छ। एड्रिनल ग्रन्थीमा समस्या छ भने त्यो प्राइमरी इन्सफिसियन्सि हो। जसमा प्रेसर कम हुने, थकान महशुस हुने, भोक नलाग्ने, जिउमा कालो दाग देखिन्छ।
यी समस्यासँगै जुन अंग घाममा देखिदैनन्, जस्तैः हत्केला, जिब्रो, हड्डिका समस्या हुने, हड्डी खिइने (विशेषगरी महिनावारी बन्द भइसकेका महिलालाई) लगायतका समस्या देखिन्ने डा. त्रिपाठीले जानकारी दिए।
त्यसैगरी शरीरमा अल्डोस्टोरल (प्रेसर व्यवस्थापन गर्छ) वृद्धि भएमा शरीरमा पोटासियम कमी हुने, प्रेसर बढ्ने हुन्छ।
कसरी नियन्त्रणमा राख्ने
डा. त्रिपाठीकाअनुसार सबैभन्दा महत्वपूर्ण दुई वटा हर्मोनको अवस्था छः मधुमेह र थाइरोइड। अहिलेको जल्दोबल्दो समस्या पनि यही छ।
मोटोपना, व्यायमको कमी, खानपानमा असन्तुलन भएमा मधुमेह हुने हुँदा यी कुरामा ध्यान दिनुपर्ने डा. त्रिपाठीको सुझाव छ।
यससँगै तनाव कम लिने, मेन्टल रिल्याकसन एक्टिभिट गर्नुपर्छ।
हड्डी खिइने समस्याको ‘रिक्स फ्याक्टर’ अत्याधिक मदिरापान, धुम्रपान, अल्छीपना, मोटोपना हुन्।
उनकाअनुसार ‘सेक्स हर्मोन’ गडबढ छ भने थोरै भएमा एडिस्नल हर्मोन दिनुपर्छ। जस्तैः पुरुषमा टेस्टेस्टोेरल कमी छ भने टेस्टेस्टोरल इन्जेक्सन दिइन्छ। टेस्टेस्टोरल इन्जेक्सनले पुरुषको प्रजनन् क्षमतामा ह्रास ल्याउँछ, स्पम प्रोडक्सन हुन दिँदैन। यसकारण फर्टिलिटीको इस्यु आउनसक्छ।
यदि टेस्टेस्टोरलको कमि छ र फर्टिलिटी इस्यु छ भने दुई किसिमका औषधि प्रयोग गर्नुपर्छ। टेस्टेस्टोरल इन्जेक्सन दिने वा एचसिजी (हुमन क्रियोनिक गोनाटोट्रोपीन)।
‘इन्सुलिन प्रतिरोधले एलएचको कामलाई बढाउँछ र रिलिज भएका हर्मोन एसएचबिजी (सेक्स हर्मोन बाइन्डिङ ग्लोबुलिन) उत्पादन कम हुन्छ र फ्रि हर्मोन बढी हुन्छ’,डा. त्रिपाठीले भने।
त्यसैगरी विवाहपछि सन्तान भइरहेको छैन, यौनजीवन सन्तुष्ट भएको छैन भने सोहीसम्बन्धी हर्मोनको परीक्षण गर्नुपर्छ।
कुन हर्मोन गडबढी भएको हो सोहीअनुसारका औषधि आवश्यक डा. त्रिपाठी बताउँछन्। उनले प्रत्येक व्यक्तिले आफ्नो शरीर हरेक ६ महिनामा परीक्षण गर्नुपर्नेमा जोड दिए।