नेपाल क्यान्सर अस्पतालले एक जना बिरामीको शरीरमा रहेको पाँच किलोको ट्युमर निकालेको छ।
धनुषाका अलिम कवाडीको १२ घण्टाको सर्जरीपछि अनुहारमा रहेको ट्युमर निकालिएको अस्पतालका चिकित्सक क्यान्सर रोग विशेषज्ञ प्रभात चन्द्र ठाकुरले सेतोपाटीलाई बताए।
मुखबाट ट्युमर निकाल्दा धेरै रगत बगेको भएपनि अहिले बिरामीको अवस्था समान्य रहेको र प्रत्यारोपण गरिएको मासु पनि सामान्य रहेको ठाकुरले बताए।
ट्युमर निकालेको ठाउँमा प्लाष्टिक सर्जरी गर्ने काम समेत भइरहेको छ।
डा. ठाकुर र डा. प्रविण जयसवालले सल्यक्रिया गरेका थिए। डा. सुरेन्द्र बस्नेत, डा. कृष्ण नगरकोटी लगायतको चिकित्सकीय टीमले प्लाष्टिक सर्जरी गरिरहेको अस्पतालले जनाएको छ। आर्थिक रुपमा बिपन्न कवाडीको अस्पतालले निःशूल्क शल्यक्रिया गरिदिएको हो।