ओम अस्पतालले लकडाउनका बेला उपचार सेवा दिनका लागि टेलिमेडिसिन सेवा सुरु गरेको छ।
अस्पतालले विभिन्न समयमा परामर्श लिन सकिने विशेषज्ञ चिकित्सकहरुको नाम र उनीहरु उपलब्ध हुने समयसहितको तालिका सार्वजनिक गरेको छ।
अस्पतालले तोकेको समयमा ती चिकित्सकहरुसँग भिडिओमा कुराकानी गरेर सेवा लिन सकिने छ।
अस्पतालको सेवा लिनका लागि यो https://telemedicine.danphehealth.com/om/ लिंकमा गएरमा नाम दर्ता गर्नुपर्नेछ।