बजारमा विभिन्न प्रकारका ह्यान्ड स्यानिटाइजर उपलब्ध रहेकोमा कतिपय उत्पादनहरु तोकिएको मापदण्ड विपरीत पाइएकोप्रति औषधि व्यवस्था विभागको ध्यानाकर्षण भएको छ।
अल्कोहल बेस इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजरको अल्कोहल कन्टेन्ट कम्तिमा ७०–८० प्रतिशत हुनुपर्ने विभागले बताएको छ।
स्यानिटाइजरमा प्रयोग हुने अल्कोहोलमा इथाइल अल्कोहल वा इसोप्रोपिल अल्कोहल मात्र हुनुपर्ने व्यवस्था छ।
यससम्बन्धि मापदण्ड विभागको वेवसाइटमा राखिएको विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। तर, बजारमा मिथानोल समावेश भएको विषाक्त र अल्कोहल तोकिए वमोजिम नभएको विभागले बताएको छ। साथै न्यून गुणस्तरका ह्यान्ड स्यानिटाइजर समेत विक्री वितरणमा
रहेको देखिएकाले त्यस्ता स्यानिटाइजर विक्री वितरण नर्गन र नगराउन विभागले आग्रह गरेको छ।
विभागको वेवसाइटमा उल्लेखित विवरण लेवलमा एकिन गरेर मात्र खरिद र प्रयोग गर्न सम्पूर्ण उपभोक्ताहरुलाई सुचित गराइएको छ।