सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौडेलको कारोना परीक्षणमा नेगेटिभ रिजल्ट आएको छ।
पौडेलले लकडाउनका समयमा विभिन्न अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री पुर्याउँदै आएका थिए।
विभिन्न अस्पतालसँग समन्वय गरेर पौडेल आफैं पिपिईलगायतका सामान वितरण गर्न थाले।
उनले निरन्तर स्वास्थ्य वितरण गरिरहेकै समयमा सनसिटी अपार्टमेन्टमा कोरोना पोजेटिभ संक्रमित देखिए। सोही अपार्टमेन्टमा बस्दै आएका
सनराइज बैंकमा कार्यरत अर्थमन्त्री डा.युवराज खतिवडाका छोरालाई शंका गरियो।
बाबुछोराको पनि भेट भएको समाचार आए।
यससँगै सनराइज बैंकका सीईओ र अर्थमन्त्रीको भेट भएको हल्ला मच्चियो। त्यसपछि पौडेललाई पनि शंका गरियो।
तर, अर्थमन्त्रीलाई उनले त्यसबीचमा नभेटेको उनले बताएका थिए। नभएको कुरालाई पनि लापरवाही गरेको भन्दै आलोचना गरिएपछि उनले वीर अस्पतालमा कोरोना परीक्षण गरे।
‘अर्थमन्त्रीसँग मैले त्यसबीचमा भेटेको थिइन, केहि अनलाइनले भेटेको, लापरवाही गरेको भन्दै समाचार प्रकाशित गरे, उनले भने ’भेट्दै नभेटेको कुरालाई अफवाह फैलाएर आलोचित बनाइयो।’
‘यस्ता अनावश्यक कुराले हैरान भएर बुधबार विहान वीर अस्पतालमा गएर कोरोना परीक्षण गरे, साँझ रिपोर्ट नेगेटिभ आयो’, उनले थपे।
स्वास्थ्य परीक्षण गर्नु राम्रा कुरा हो तर कसैलाई यस्तो संकटका बेलामा मानसिक तनाव दिनु गलत रहेको पौडेलले बताए।
बिहिबार अस्पतालले पौडेललाई कोरोना नेगेटिभ भएको स्वास्थ्य प्रमाणपत्र समेत दिएको छ।
अर्थमन्त्री खतिवडाका छोरा तिलकको पनि कोरोना परिक्षणमा नेगेटिभ रिजल्ट आएको छ।