औषधि उत्पादक कम्पनी लोमस फार्मास्युटिकलले पाँच सय मिलिलिटरको बोतलमा ह्यान्ड स्यानिटाइजर बजारमा ल्याएको छ।
कम्पनीले कोरोना भाइरसको संक्रमणको जोखिम बढ्न थालेपछि स्यानिटाइजथर उत्पादन सुरु गरेको थियो। सुरुवातमा कम्पनीले सय एमएलको बोतल बजारमा पठाएको थियो। बजारको मागअनुसार ५ सय एमएलको पनि बजारमा पठाइएको लो प्रनवजंग पाण्डेले जानकारी दिए।
पाण्डेले स्यानिटाइजर नेपाल सरकारको अनुमति तथा विश्वस्तरीय मापदण्डअनुसार उत्पदान गरिएको जानकारी दिए। पाँच सय एमएलको बोतलको स्यानिटाइजरको बजार मूल्य १५ सय रुपैयाँ पर्ने छ। औषधि पसल तथा डिपार्टमेन्टल स्टोरहरुमा पाइने पाण्डेले जानकारी दिए।