बजारमा तापक्रम बढी भएमा प्रवेश नदिने नयाँ मेसिन आएको छ।
कोरोना भाइरसको महामारीमा उपयोगी हुने जेटकेटी इको उत्पादन स्पिड फेस भीफाइभएल(टिडी) लाई बार कोड नेपाल इन्क प्रा. लि. अनामनगरले बजारमा ल्याएको हो।
उक्त स्पिड फेसले अनुहार र हत्केला देखाएर हाजिर गर्न सकिने, ढोका खोल्न सकिने, कर्मचारी र आगन्तुकहरुको तापक्रम तुरुन्तै देखाउने, तापक्रम बढी भएमा प्रवेश नदिने, सामान्य तापक्रम वा धेरै तापक्रम रहेको आफै भन्ने कम्पनीले बताएकाे छ।
५ इन्चको टच स्क्रिन रहेको उक्त टर्मिनलमा सामान्य अवस्थाको लागि फिंगरप्रिन्ट रिडर समेत राखिएको छ।
फेसियल टेक्नोलोजीमा सबैभन्दा भरपर्दो मानिने भिजिबल लाइट र आर्टिफ़िसियल इण्टेलिजेन्सको उत्कृष्ट समिश्रण यो टर्मिनलको विशेषता रहेके कम्पनीले बताएको छ।
६ हजार जनाको फेस स्टोर गर्न मिल्ने यस टर्मिनल मास्क लगाएको अवस्थामा समेत प्रयोग गर्न मिल्ने गरी निर्माण गरिएकोले अहिलेको समयमा यसको महत्व धेरै देखिएको बारकोड नेपालले जनाएको छ। यसको खरिदमा इ हाजिरीको अनलाइन भर्सन एक बर्षको प्याकेज निशुल्क गरिएको कम्पनीको भनाइ छ।