विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उपचारमा धेरै एन्टिबायोटिक्सको प्रयोग घातक हुने चेतावनी दिएको छ।
कोरोना महामारीसँग लड्न एन्टिबायोटिक्सको प्रयोग धेरै गरे त्यसले ब्याक्टेरियालाई अझै बलियो बनाउने र सोका कारण धेरै मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।
सोमबार संगठनका प्रमुख टेड्रोस एनहानम गिब्रिएयसुसले ती औषधिले ब्याक्टेरियासँग लड्न सहयोग गर्ने गरेको भएपनि अब ती औषधिसँग ब्याक्टेरियाको प्रतिरोध क्षमता बढिरहेकाले धेरै एन्टिवायोटिक्स प्रयोग नगर्न भनेका हुन्।
उनले कोरोनाको उपचारमा एन्टिवायोटिक्सको प्रयोग धेरै भएको र यसले विस्तारै ब्याक्टेरियालाई झन शक्तिशाली बनाउने बताए।
यसले जारी महामारी र आउँदा दिनमा अवस्थालाई झनै घातक बनाउने उनको भनाइ छ।
गत वर्षबाट सुरू भएको कोरोना महामारीबाट हालसम्म विश्वमा ६२ लाख बढी मानिस संक्रमित भइसकेका छन् भने ३ लाख ७३ हजार बढी मानिसले मृत्यु वरण गरिसकेका छन्।