विश्व स्वास्थ्य संगठनले एक साताको अन्तरालपछि पुनः हाइड्रोक्सीक्लोरिक्वीनको चिकित्सकीय परीक्षण अनुमति दिएको छ।
कोरोनाको उपचारमा यसको प्रयोग हुँदै आएको छ।
एक अनुसन्धानले कोरोनाको उपचारमा भइरहेको यस औषधिमाथि प्रश्न उठाएपछि विश्व स्वास्थ्य संगठनले चिकित्सकीय परीक्षणमा रोक लगाएको थियो।
यसमाथि समीक्षा गर्दैं उसले पुनः चिकित्सकीय परीक्षण गर्ने अनुमति दिएको हो।
बिबिसीमा प्रकाशित समाचारका अनुसार विश्वका ३५ मुलुकका कोरोना विरामीमाथि यसको परीक्षण चलिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको उपचारमा यो औषधिको प्रयोग गर्नुपर्नेमा जोड दिदैं आएका छन्।
यसैगरी टर्कीले औषधि आफ्ना देशका विरामी प्रयोग गरेको र त्यसले उत्साहजनक नतिजा देखाएको बताएको छ।