‘क्लिनिक वान’ ले सम्पूर्ण कर्मचारीहरुको कोभिड–१९ स्वास्थ्य बीमा गरेको छ।
कर्मचारीहरुको मनोबल बढाउने उद्देश्यका साथ सबै कर्मचारीहरुको कोभिड–१९ स्वास्थ्य बीमा गरेको क्लिनिक वानले बताए।
यो बीमा अन्तर्गत यदि कोही कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएमा प्रति व्यक्ति एक लाख प्राप्त गर्नेछन्।
कर्मचारीहरूको स्वास्थ्य सेवा डेलिभरी प्रतिको अठोटको सम्मान गर्दै यो बीमाले हौँसला प्रदान गर्ने क्लिनक वानको विश्वास छ।
यो विषम परिस्थितिमा पनि सबै डाक्टर तथा परामर्शकर्ता एवं कर्मचारीहरूले स्वास्थ्य सेवा सुचारु राख्न देखाएको दृढता र साथप्रति क्लिनिक वानले सम्मान व्यक्त गरेको छ।
क्लिनिक वान काठमाडौँ टीमले गर्भवतीको लागि सुरक्षित अल्ट्रासाउण्ड, डाक्टरहरुसँग अन–कल तथा अनलाईन परामर्श, खोप सेवा, औषधिको होम डेलिभरी तथा अन्य स्वास्थ्य सेवाहरु पुर्याउँदै आएको छ।