सरकारबाट मान्यता लिएर कोभिड–१९ (कोरोना भाइरस) परीक्षणको जिम्मा पाएको विध म्यानेजमेन्ट प्रा.लिले ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण गरेको छ।
पछिल्लो समय सुरक्षाकर्मीमा संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै म्यानेजमेन्टले निःशुल्क परीक्षण गरेको हो।
विध म्यानेजमेन्टले अहिले ४ हजार रुपैयाँमै आरटी/पीसीआर परीक्षण गरिरहेको छ।
ट्राफिक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि ट्राफिक महाशाखा सिल भएको थियो। म्यानेजमेन्टले काठमाडौंको थापाथलिमा कार्यरत ५० जनाको स्वाब संकलन गरेको ट्राफिक प्रहरी प्रवक्ता बामदेव गौतमले जानकारी दिए।
म्यानेजमेन्टका अनुसार उनीहरुको रिपोर्ट ४ घन्टामा नै दिइने गरी तयारी गरिएको छ।
ट्रफिक महाशाखा अन्तरगत अहिले १ हजार ४ सय ६८ प्रहरी कार्यरत छन्।