सरकारले तोकेको भन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘विध ल्याब’ले शूल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुबिधा अपनाएको छ।
अब सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित भइरहनु पर्दैन।
‘ई–सेवा’ वा ‘खल्ती’मध्ये कुनैपनि मध्यामबाट अनलाइन भुक्तानी गर्न सक्नेछन्।
‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क तिर्न सकिनेगरी व्यवस्था गरेका हौं’ बिधी ल्याबका संचालक भीमकान्त भण्डारी भन्छन्, ‘यसका लागि ई–सेवा र खल्तीसँग सहकार्य गरिएको छ। अन्य अनलाईन सेवा प्रदायक सँग समेत सहकार्य गर्ने तयारी रहेको छ। जसबाट रकम भुत्तानी गर्दा सेवा ग्राहीले थप २०० क्यास व्याक पाउनेछन्।’
पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको उनले बताए।
‘विध ल्याब’ले तोकिएको शूल्कभन्दा कम अर्थात ४ हजार रुपैयाँमा कोरोना परीक्षण गर्दैछ। अब अनलाईनबाट रकम भुत्तानी गर्दा ३८०० मा परीक्षण गर्न पाइनेछ।