घाँटीको अगाडि भागमा हुने पुतली आकारको ग्रन्थीनै थाइरोइड हो। यसको काम हर्मोन निकाल्नु हो।
हर्मोन हाम्रो शरीरमा उत्पादन हुने एक तत्व हो,जो रगतबाट प्रवाहित हुन्छ अनि अंग र कोषहरूको कार्यमा मद्दत गर्छ।
थाइरोइड वंशाणुगत समस्या हो। यससँगै थाइरोइड ग्रन्थीलाई असर गर्ने औषधि सेवन गर्ने व्यक्तिहरूमा पनि थाइरोइडको समस्या निम्तिन्छ।
थाइरोइडको समस्याले प्रजनन् प्रणालीमा समेत असर गर्छ। बाझोपन, महिनावारी गडबडी, गर्भवती महिलाको हकमा शिशुको शारीरिक र मानसिक विकास नहुने जस्ता जटिल समस्या निम्तिन सक्छन्।
थाइरोइड भनेको के हो? यो कसरी हुन्छ? यसको उपचार कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर हामीले नर्भिक अस्पतालमा कार्यरत हर्मोन रोग विशेषज्ञ डा.मधु पाण्डेयसँग भिडिओ कुराकानी गरेका छौं।
कुराकानीको पूरा अंश भिडिओमा हेर्नुस्: