हङकङका एक व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण भएको पहिलो घटना सार्वजनिक भएको छ। यसलाई त्यहाँ वैज्ञानिकहरूले दुर्लभ घटनामा भनेका छन्।
३० वर्षभन्दा बढी उमेरका ती संक्रमित पुरूष पहिलोपटक साढे चार महिनाअघि कोरोनाबाट संक्रमित भएको बिबिसीले आफ्नो समाचारमा जनाएको छ।
वैज्ञानिकले ती पुरूषमा भेटिएको भाइरसको जीनमा दुई नयाँ कुरा भेटिएको जनाउँदै विश्वमा यस्तो पहिलो पटक भएको दाबी गरेका छन्।
यध्यपी विश्व स्वास्थ्य संगठनले एउटै संक्रमितका आधारमा कुनै निष्कर्ष निकाल्न नहुने बताएको छ।
यस्तै विशेषज्ञहरूले भाइरसबाट पुनः संक्रमित हुनु दुर्लभ भएपनि यो अधिक गम्भीर छ भन्नु ठीक नहुने धारणा राखेका छन्।
हङकङ विश्वविद्यालयले सार्वजनिक गरेको रिपोर्टमा संक्रमणबाट ठीक हुनु पहिले ती व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेका थिए र विमानस्थलमा गरिएको जाँचका क्रममा संक्रमित पाइएका थिए। यध्यपी उनमा कुनै लक्षण भने छैन।
लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल साइन्सका प्रोफेसर ब्रेन्डन रेनले पुनः संक्रमित हुनु एकदमै दुर्लभ घटना भएको बताए।
उनले यस्तै कारणले गर्दा कोभिड-१९ को खोप एकदमै जरूरी रहेको र यसले समयसँगै भाइरसले आफैलाई परिवर्तन गर्ने आशंका व्यक्त गरेका बताएका छन्।
संक्रमित व्यक्तिमा भाइरससँग लड्ने क्षमता विकास हुने र त्यसले पुनः संक्रमित हुनबाट जोगाउने गर्छ।
यसमा पनि सबैभन्दा बलियो प्रतिरक्षा गम्भीर रूपमा कोरोनाबाट बिरामी भएका व्यक्तिहरूमा पाइने गरेको छ। यध्यपी यो सुरक्षा कति लामो र कहिलेसम्म रहन्छ भन्ने बारेमा केही स्पष्ट छैन।