कोभिड-१९ बाट संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसियु र भेन्टिलेटर दिइने भएको छ।
एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिट्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघको बुधबार बसेको संयुक्त परामर्शदाता कमिटीको बैठकले संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि उक्त सामाग्री दिने भएको हो।
बैठकले अस्पतालहरुमा भीडभाड कम गर्न ओपिडी, विरामी र हेल्थ केयर वर्करहरु सम्बन्धि प्रोटोकल तथा गाइडलाइन तयार गर्ने निर्णय पनि गरेको छ।
बैठकमा कोभिड १९ को विषयलाई लिएर तलव भत्ता माग गर्दै उपचार प्रक्रियामा सहभागी नहुन केही चिकित्सकले गरेको निर्णयप्रति संयुक्त परामर्शदाता कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यस विषयमा गम्भीर छलफल गरी चिकित्सकहरुलाई काममा फर्काउन सो इन्ष्टिट्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघले सहजिकरण गर्ने निर्णय भएको अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले जानकारी दिए।
वीरगन्जको एक निजी अस्पतालमा तलव भत्ताको विषय उठान गरेर चिकित्सकहरु उपचार प्रक्रियामा सहभागि भएका थिएनन्।