निषेधाज्ञाका समयमा हामी होम क्वारेन्टाइनमा छौं। यो समयमा उच्च रक्तचापसम्बन्धी समस्या धेरैमा देखिनसक्ने चिकित्सकहरु बताउँछन्।
उच्च रक्तचाप भएका बिरामी तथा हामी सबैले उक्त समस्याबाट बच्न विभिन्न उपाए अपनाउन सक्छौं। जसअन्तर्गत शारीरिक कसरत एक राम्रो उपाय हुनसक्छ। जसअन्तर्गत दैनिकरुपमा कम्तीमा आधा घण्टादेखि ४५ मिनेटसम्म पसिना आउने गरी शारीरिक व्यायाम गर्नुपर्छ।
यससँगै चिल्लो र बोसोयुक्त खानेकुरा धेरै खानु हुँदैन। घरमै बसेर धेरै परिश्रम गर्न नपर्नेहरुले चिल्लो र बोसोयुक्त खानेकुरा खाँदा शरीरलाई फाइदा नहुने चिकित्सकहरु बताउँछन्।
हामी आफैंलाई पनि चिल्लो खानेकुराले पेटमा असहज महशुुस भइरहेकाे हुन्छ। सागपात र फाइबरयुक्त खानेकुरा प्रसस्त मात्रामा खानुपर्छ। सागपात र फाइबर बढी हुने खानेकुरा जस्तैं, गेडागुडी, गाँजर, सलाद आदी खानु फाइदाजनक हुन्छ।
त्यसैगरी, नुन कम खानुपर्छ। खानामा नुन कम खाने बानी पनि उच्च रक्तचापबाट जोगिने अर्को उपाय हो। धुम्रपान र रक्सी सेवन नगर्ने, घर बसेको बेला सकेसम्म धुम्रपान र रक्सी सेवन नगर्ने, योग, ध्यान गर्नुपर्छ। दिनको केही समय छुट्टाएर योग र ध्यान नियमपूर्वक गर्दा रक्तचाप नियन्त्रणमा रहन्छ।
आफूले खाइरहेको औषधि नियमित खानु आवश्यक हुन्छ। उच्च रक्तचाप, मधुमेह तथा कुनै दीर्घरोगको औषधि लामो समयदेखि खाइरहेको भएमा त्यसलाई प्रयोग गरिरहनुपर्छ।
हामीले मानसिक स्वास्थ्यलाई पनि उत्तिकै ध्यानमा राख्नुपर्छ। समाजिक संजाल र मोबाइल, कम्प्युटर धेरै हेर्नु हुँदैन। यस्ता कुरामा सचेत हुनसके उच्च रक्तचापबाट बँच्न सकिन्छ।
एजेन्सीकाे सहयाेगमा