रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप 'स्पुतनिक-५'को भारतसहितका केही देशहरूमा पनि परीक्षण गरिने भएको छ।
खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरूले जनाएका छन् ।
रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् (युएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो।
यो खोपको पहिलो र दास्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उनले बताए।
यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने उनले जानकारी दिएका छन्।
सो कोषले गत अगस्ट ११ मा यो खोप विकास गरिएको घोषणा गरेको थियो। सो घोषणासँगै विश्वभरी आशा र खुशीयाली छाएको थियो।
अहिलेसम्मको परीक्षणमा सकारात्मक नतिजा आएकाले यो खोप उपयोगी हुनसक्ने विश्वास गरिएको छ।
यो पनि पढ्नुहोस्ः