विध म्यानेजमेन्ट प्रालिले विभिन्न अनलाइन प्रणालीबाट कोरोना परीक्षण शुल्क तिर्दा आकर्षक छुटको व्यवस्था गरेको छ ।
सरकारबाट मान्यता लिएर दैनिक कोरोना परीक्षण गराउँदै आएको यस ल्याबबाट परीक्षण गराउँदा तिर्नपर्ने शुल्क विभिन्न बैंकको अनलाइन भुक्तानिमार्फत गराउँदा ७ प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ ।
सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा परीक्षण गराउँदै आएको यस ल्याबमा कोरोना परीक्षण शुल्क ४ हजार तोकिएको छ ।
यसअघि नै अनलाईन भुक्तानिमार्फत २ सय छुट दिइएको थियो । आइएमइ पे, एन आइसी एसिया बैंक, सानिमा बैंक, सिभिल बैंक, माच्छापुच्छ्रे बैंक लगायतका बैंकहरुमार्फत अनलाइनबाटै भुक्तानि गर्दा ७ प्रतिशत छुटको व्यवस्था मिलाइएको सञ्चालक विके भण्डारीले बताए ।
ल्याबले दैनिक ४ हजार भन्दबढी कोभिड परीक्षण गर्न सक्छ । १३ साउनदेखि सरकारबाट मान्यता लिएर संचालनमा आएको विधले छिटो र छरितो रुपमा परीक्षण गराउँदै आएको छ । ल्याब ललितपुरको कुपण्डोलमा छ ।