नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले कोभिड–१९ को पिसिआर परीक्षण सुरु गरेको छ ।
स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त गरी मन्त्रालयले तयार गरेको मापदण्ड अनुसार परीक्षण सुरु गरेको हो । गुणस्तरीय ल्याब र किटको प्रयोग गरी पिसिआर सुरु गरेको अल्फा केयरले जनाएको छ ।
अल्फा केयरका प्रबन्ध निर्देशक प्रा.डा. बिदुर वस्तीले सबै प्रक्रिया पुरा गरी पिसिआर परीक्षणको गुणस्तरीय सेवा प्रदान गर्न सुरु गरेको बताए ।
मलेकुलर ल्याब अन्तर्गत पिसिआर सुरु गरेको हो । यूएस एफडिए स्वीकृत मेसिन र युएस एफडिए को माकुरा कम्पनीले तयार गरेको किट प्रयोग गरी पिसिआर परिक्षण भइरहेको छ ।
संस्थामा एमडि, एमएस गरेका मेडिकल डाक्टर तथा माइक्रोबायोजि अध्ययन गरेका योग्य ब्यक्तिबाट सेवा प्रदान गरिने अल्फा केयरले जनाएको छ ।
अल्फा केयरले ल्याबसम्म आउन समस्या भएका ब्यक्तिलाई सुरक्षा साबधानी अपनाएर घरमै सेवा दिने अल्फा केयरले जनाएको छ ।
सरकारले तोकेको मापदण्ड अनुसार गुणस्तरीय सेवा दिने र सरकारले निर्धारण गरेको शुल्कमा पिसिआर परीक्षण हुने अल्फा केयरका प्रबन्ध निर्देशक गिरीले बताए ।
दुई वटा मेसिनबाट दैनिक एक हजार दुई सय परीक्षण गर्न सक्ने क्षमता रहेको छ ।
सो ल्याबले रिपोर्ट बिहानदेखि दिउँसो १ बजेसम्म संकलन भएका स्वाबको बेलुका पाँच बजे रिपोर्ट दिने जनाएको छ । माग बढेमा क्षमता समेत बढाउन सकिने जनाएको छ ।
नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सको १५ हजार बर्गमिटर क्षेत्रफलमा ल्याब रहेको छ । डायग्नोस्टिक सेन्टर भएकाले अन्य सेवा समेत गुणस्तरीय प्रदान गर्ने जनाएको छ । अल्फा केयरमा रहेको फार्मेसीमार्फत औषधि समेत गुणस्तरीय प्राप्त गर्न सकिने अल्फा केयरको भनाई छ ।