एक्सन अगेन्स्ट हंगर (ए.सी.एफ.) नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५८ लाख बराबरको केएन९५ मास्क दिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा समाज कल्यान परिषदसँगको समन्वयमा एक्सन नेपालले उक्त मास्क दिएको हो।
स्वास्थ्य सेवा विभाग टेकुमा सोमबार आयोजित एक कार्यक्रममा विभागका महानिर्देशक डा. दिपेन्द्र रमन सिंहलाई एक्सन अगेन्स्ट हंगर नेपालका निर्देशक फिलिप हामेलले मास्क प्रदान गरे।
कोरोना भाइरस महामारीमा संक्रमितको पहिचान र उपचारमा कार्यरत स्वास्थ्यकर्मीरुका लागी मास्क सहयोग स्वरुप दिइएको संस्थाले बताएको छ।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन विभागका निर्देशक डा. रमेश खरेल, सरकारी प्रतिनिधिहरु, एक्सन अगेन्स्ट हंगर नेपालका कर्मचारीहरु तथा मिडियाकर्मीहरुको सहभागीता रहेको थियो।
कार्यक्रम नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनद्वारा तोकिएको कोभिड—१९ सम्बन्धि संक्रमण रोहथाम तथा नियन्त्रणका उपायहरुलाई पालना गरी सम्पन्न गरिएको थियो ।
सन् १९७९ मा स्थापित एक्सन अगेन्स्ट हंगर एक अन्तराष्ट्रिय गैर सरकारी संस्था हो।