विध ल्याबमा अब कोरोना भाइरस विरुद्धको एन्टिबडी परीक्षण हुने भएको छ। यो सेवा आइतबारबाट सुरु भएको ल्याबले जानकारी दिएको छ।
कोरोना भाइरस संक्रमणको लक्षण कतिपयलाई नदेखिन सक्ने भन्दै ल्याबले कोरोना संक्रमण भएको हुन सक्ने संभावित अवस्थालाई हेरेर एन्टिबडी परीक्षण गर्ने भएको हो। थाहा नै नभइ शरीरमा एन्टिबडी बनेको हुनसक्ने चिकित्सकहरुले बताएका छन्।
शरीरमा कोरोना भाइरस विरुद्धको एन्टिबडी बनेको छ/छैन भन्ने एन्टिबडी जाँचपछि थाहा पाइने ल्याबको भनाइ छ।
ल्याबले एन्टिबडी परीक्षणको शूल्क १ हजार रुपैयाँ तोकेको छ।