नोबेल मेडिकल कलेज र सुनसरी इटहरीस्थित माया घर पुनर्स्थापना केन्द्रबीच नि:शुल्क उपचार गर्ने विषयमा समझदारी भएको छ।
पुनर्स्थापना केन्द्रमा रहेका बेसहाराहरूलाई एक वर्षसम्म उपचार गर्ने विषयमा अस्पताल र मायाघरबीच सम्झौता भएको हो।
बिहीबार अस्पतालका सञ्चालक सुनील शर्मा र मायाघरका अध्यक्ष राधिका दासीबीच समझौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता पुन: नवीकरण गर्न सकिने अस्पतालले जनाएको छ।
२०६४ सालमा स्थापना भएको माया घरमा ९७ जना महिला तथा बालबालिका छन्। तीमध्ये ८० प्रतिशत मानसिक रोगबाट पीडित छन्।
उनीहरूको उपचार र संरक्षण गर्दै आएको मायाघरसँग भएको सम्झौताले विपन्न तथा गरिब समुदायको उपचारमा सघाउ पुग्ने शर्माले बताए।
मायाघरबाट हालसम्म १२ सय जनालाई पुनर्स्थापना गरिसकिएको अध्यक्ष दासीले बताइन्।