शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने भएको छ। गंगालाल अस्पताल र कोजेन्ट हेल्थले इसेवाको सहकार्यमा ई–अपोइन्टमेन्ट सेवा दिने भएकाे हो।
यो सेवा दिने विषयमा शहिद केन्द्रका तर्फबाट मेडिकल डाइरेक्टर डा.चन्द्रमणी अधिकारी र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डी श्रेष्ठले हस्ताक्षर गरे।
सम्झौतासँगै शहीद गंगालाल अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाइल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ।
कोजेन्ट हेल्थले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्न प्रविधी निर्माणको काम गर्दै आएको छ।