जावलाखेलस्थित अल्का अस्पताल पन्ध्रौं वर्षमा प्रवेश गरेको छ। २०६२ साल फागुन ३ गतेदेखि अल्का अस्पताल संचालनमा आएको हो।
‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल संचालन गरेका हुन्।
स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अल्का अस्पताललाई संचालनका लागि अनुमति दिएको थियो। अल्का अस्पतालमा हाल सय शैया छ।
‘मलाई हिजो जस्तो लाग्छ अस्पताल संचालनमा ल्याएको १४ वर्ष वितिसकेछ, अस्पतालका संचालक तथा अध्यक्ष कुमार थापाले भने’, ‘यहाँसम्म आइपुग्न हामीलाई सेवाग्राही, अस्पतालका चिकित्सक र कर्मचारीहरुको ठूलो योगदान छ।
अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले सेवाग्र्राहीहरुलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पताल सवल र सक्षम रहेको बताइन्।
अस्पतालका सिओओ दिपेन्द्र पोखरेलले विरामीहरुको उपचारमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाए।
कोरोना महामारीका बेला अल्का अस्पतालले अग्रपंक्तिमा खटेर विरामीहरुको सेवामा जुटेको थियो।
अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँ–नयाँ प्रविधिहरु भित्र्याएर विरामीहरुलाई सेवा दिदैँ आइरहेको बताएको छ।