ग्रिनविचकी मेयर लिन्डा बर्डले उलविच लेट नाइट फार्मेसीको तारिफ गरेकि छन्।
मेयर लिन्डाले कोरोना खोप कार्यक्रममा फार्मेसीले पुर्याउँदै आइरहेको योगदानको तारिफ गरेकि हुन्।
जनवरी २१ देखि आधिकारीक रुपमा एचएचएस कोभिड भ्याक्सिनेशन साइटले सफलतापूर्वक समुदायमा कोरोना खोप कार्यक्रम अन्तर्गत काम गर्दै आइरहेको छ।
हालै भएको एक जुम मिटिङमा मेयर बर्ड, उलविच लेट नाइट फार्मेसीका अध्यक्ष राजन कँडेल र वरिष्ठ क्लिनिकल फर्मासिष्ट शोभा शर्माबीच छलफल भएको हो।
मेयर बर्डले उलविच लेट नाइट फार्मेसीले कोभिड–१९ खोप अभियानप्रति विशेष चासो व्यक्त गरेकी थिइन्।
उनले कोभिड–१९ खोप अभियानमा एनएचएसमा फार्मेसीहरु महत्वपूर्ण स्रोत भएको जिकिर गरिन्।
'फर्मासिष्टहरु जो उच्च प्रशिक्षित स्वास्थ्य सेवा प्रदायकहरु हुन्, उनीहरुप्रति आम मानिसको विश्वास हुन्छ', उनले भनिन्।
‘उनीहरु उत्कृष्ट सेवा प्रदायक हुन्। जसले सुरक्षित र प्रभावकारी रुपमा भ्याक्सिनेशन सेवा प्रदान गर्दै आइरहेका छन्’, उनले प्रशंसा गरिन्।
महामारीको समयमा लगातार खटिएर ग्रिनवीचका बासिन्दाहरुलाई खोप लगाएर जनस्वास्थ्यमा योगदान पुर्याएकोमा उनले उलविच लेट नाइट फार्मेसीमा कार्यरत सम्पुर्ण टिमको प्रशंसा गरिन्।
त्यस्तै, मेयर बर्डले आफू बेम समुदायसँग निकट रहेर काम गरिरहेको र कोभिड खोप उलविच फार्मेसीले समर्थन गर्दै आइरहेको मिसनबारे जनचेतना गराइरहेको कँडेल र शर्मालाई विश्वास दिलाइन्।
एनएचएस साउथ इष्ट लण्डनसँगको सहकार्यमा शोभा शर्माले भिडियोहरु निर्माण गर्दै आइरहेकी छन्। साथै नेपाली समुदायलाई कोरोना भ्याक्सिनबारे प्रचार गरिरहेकी छन्।
उलविच लेट नाइट फार्मेसी सुपरीटेण्डेन्ट फर्मासिष्ट जिगनेश मेहता र वरिष्ठ क्लिनिकल फर्मासिष्टहरु खोप लगाउने कार्य गर्दै आइरहेका छन्।
पहिलो महिना निकै सफल रहेको र उनीहरुले धेरैभन्दा धेरै प्राथमिकतामा रहेका समुहलाई प्रत्येक हप्ता खोप लगाएको कँडेलले जानकारी दिए ।
ग्रीनवीच फार्मेसीलाई एचएनएस इंग्ल्याण्डले एचएचएस कोभिड खोप साइट बनाउनका लागि अनुमोदन गरेको थियो।