एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पताललाई टेलिमेडिसिन उपकरण दिएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले धुलिखेल अस्पताल अन्तर्गत संचालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण प्रदान गरेका हुन्।
सोही दिन चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्धघाटन गरे।
पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रमार्फत कार्यक्रम संचालन हुने बताइएको छ।
यी केन्द्रहरुले कुल १५ हजार बढी घरधुरीका समुदायहरुलाई सेवा प्रवाह गर्नेछ। कार्यक्रम संचालनमा आएपछि स्थानीयहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायत रोगको उपचार सेवा पाउँनेछन्।
अबको चार वर्षमा यो कार्यक्रम २० वा सो भन्दा बढी स्वास्थ्य केन्द्रमा लागु गर्ने एनसेलको योजना छ।
साउन २०७६ मा एनसेलले धुलिखेल अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालनको लागि सम्झौता गरेको थियो।