विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विशेष छुटको व्यवस्था गरेको छ। सरकारबाट ‘ए’ ग्रेटको मान्यता पाइसकेको यस ल्याबले विभिन्न प्रकारका परीक्षण गर्दै आएको छ।
‘स्वस्थ महिला, स्वस्थ परिवार’ नारासहित ल्याबले आफ्नो सेवाहरुमा मार्च ५ देखि १५ सम्म विशेष छुटको व्यवस्था गरेको हो।
ल्याबका अनुसार नर्मल हेल्थ प्याकेज अन्तर्गत प्याप सेम, टिएफटी, सेरेलोजी (एचआइभी, भिडिआरएल), आरबीएस, भिटामिन डी र सिबिसी लगायतका परीक्षण ३ हजारमै गरिनेछ।
त्यसैगरी, टिएफटी, लिव्विड बेसड सिटोलोजी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी, सिबिसी, सिए १२५ र प्रोल्याक्टिनको परीक्षण ५ हजारमै गरिने विध ल्याबका प्रतिनिधि रविशंकर पोखरेलले जानकारी दिए।
त्यस्तै ल्याबमा जेनेटिक तथा मोलिकुलर सम्बन्धी सम्पूर्ण टेष्टहरु हुने जनाइएको छ।
ल्याबमा आजसम्म कोभिड परीक्षण गरेका सेवाग्राहीलाई अन्य परीक्षणमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
एक महिनासम्म टेस्ट गर्न आउने सबैलाई १५ प्रतिशत छुट गरिएको छ। ल्याबमा हाल कोरोना भाइरसविरुद्धको एन्टिबडी परीक्षण भइरहेको छ।