बानेश्वरस्थित भिमसेनगोलामा हेल्थ वाइस पोलिक्लिनिक मंगलबार सञ्चालनमा आएको छ । उक्त उपचार केन्द्रको माइती नेपालको अध्यक्ष अनुराधा कोइरालाले उद्धघाटन गरिन्।
यो पिलिपिन्समा सौन्दर्य उपचार (यष्थेटिक ट्रिटमेन्ट) मा उच्च शिक्षा हासिल गरेका यूवाहरुले सुरु गरेका हुन्। उनीहरुले सो उपचारमा अन्तराष्ट्रिय अनुभव समेत बटुलेका छन्।
समूहले स्थापना गरेको कस्मेटिक सर्जरीको सेवालाई प्रमुख कार्य बनाएको छ।
यस पोलिक्लिनिकले स्वास्थ्य उपचार तथा सौन्दर्य उपचारलाई संयुक्तरुपमा अगाडि बनाउने उद्देश्य राखेको छ।
केहि समयभित्रै पूर्णरुपमा संस्थागत अस्पतालमा परीणत गरिने लक्ष्य रहेको संचालकहरुको भनाइ छ।
उनीहरुले नेपालमै पहिलो पटक लेजर ट्रिटमेन्ट र कष्मेटिक सर्जरीको सेवा सुरु गर्न लागेको समेत बताए।
यो उपचार केन्द्र हप्ताको सातै दिन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहनेछ।
बिरामीहरुलाई एक महिनासम्म सबै किसिमको उपचारमा १५ प्रतिशतसम्म छुट दिने बताइएको छ।