वात्सल्य क्लिनिकले १५ सय दम्पत्तिलाई आइभिएफ सेवा दिएको छ। यससँगै तीन सय आइयूआइ र चार सय ५० प्राकृतिक गर्भधारण गराउन सफल भएको छ। चार वर्षअघि वात्सल्यको स्थापना भएको हो।
स्वदेशमै अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गरिरहेको वात्सल्यका कार्यकारी निर्देशक शृष्टी खड्काले बताए। ‘वर्षौसम्म पनि सन्तान नहुँदा आइभिएफ उपचारका लागि विदेश जानुपर्ने बाध्यताहरु थिए। अहिले वात्सल्यले यस्ता समस्या समाधान गर्छ’, उनले भने।
यो क्लिनिकले उच्चस्तरको प्रविधि र जनशक्तिमा जोड दिइरहेको छ।
वात्सल्यमा अन्तर्राष्ट्रियस्तरको प्रविधि र सेवाको अनुभव लिएका चिकित्सकबाट सेवा लिन सकिन्छ। आफ्ना समस्या वात्सल्यका विज्ञहरुसँग खुलेर भन्न सक्ने वातारण समेत रहेको उनको भनाइ छ।
उनकाअनुसार हालसम्म नेपाल, पाकिस्तान, हङकङ, जापान,अमेरिका, अस्ट्रेलिया जस्ता मुलुकमा बस्ने विभिन्न दम्पतिले समेत वात्सल्यमा सफल उपचार गराइसकेका छन्।
एक ५० वर्षीय जापानी महिलाको सफल आइभिएफ उक्त क्लिनकले गरेको छ। ‘ती महिला नेपाल आउँदा महिनावारी पनि सुकिसकेको थियो, हामीले राम्ररी अध्ययन गरेर उपचार थाल्यौं ’, उनले अनुभव सुनाए ‘उमेर आफैंमा एक ठूलो चुनौति थियो। तर, हाम्रो पहिलो प्रयासमै उनले दुई सन्तान पाइन्।’
उक्त क्लिनिकले निस्सन्तान सम्बन्धि कारण पहिचान र उपचार, आइभिएफ, आइयूआइ, वीर्य जाँच,
डिम्ब, शुक्राणु र भ्रूणको फ्रिजिंग, प्रसुतिपूर्वको परीक्षण, डाइटिसियन, बालरोग उपचार लगायत गर्भधारणसम्बन्धि सेवा दिन्छ।
यो क्लिनिकको सेवा नारयणचौर नक्साल र बिटिएस चौक नेपालगञ्जबाट लिन सकिन्छ।