सोमबार बेलुकी ७ बजेसम्म २५ सय अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्ने भएको छ।
साथै मंगलबार र बुधबार अर्को १० हजार सिलिन्डर अक्सिजन काठमाडौं आउने भएको छ। जसको संयोजक ललितपुरको कुपण्डोलस्थित रहेको विध म्यानेजमेन्ट प्रालीले गर्ने भएको छ।
सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त यस ल्याबमा दैनिक पिसीआर परीक्षण हुँदै आएको छ।
महामारीको यो अवस्थामा सरकारलाई सहयोग पुग्नेगरी परीक्षणदेखि उपचारसम्ममा सहयोग गरिरहेको ल्याबले जनाएको छ ।
अक्सिजन अभावका कारण देखिएको समस्या समाधानका लागि आगामी ८/९ दिनमै करिब १० सेट अक्सिजन प्लान्ट आउँदै छ। त्यसका लागि आफूहरुले संयोजन गरिरहेको विध म्यानेजमेन्टको भनाइ छ। ल्यावकाअनुसार विभिन्न अस्पतालमा जोड्नका लागि ती प्लान्टहरु प्रयोग हुनेगरी तयारी अघि बढेको छ।
साथै, सरकारको सहयोगमा लिक्विड अक्सिजन समेत ल्याउन आफूहरुले संयोजन गरेको विध म्यानेजमेन्टका अध्यक्ष भीमकान्त भण्डारीले जानकारी दिए। सरकारको पूर्ण सहयोगमा मात्र यो सम्भव भएको उनले बताए।