पशुपति गौशाला धर्मशाला, गौशालामा ५१ बेडको अक्सिजन सहितको निःशुल्क आइसोलेशन सेवा संचालन गरिएको छ।
नेपाल भारत मैत्री हस्पिटलसँगको सहकार्य एवं व्यवस्थापनमा तथा का.म.न.मा. वडा नं. ८ को समन्वयमा मारवाडी सेवा समिति नेपालद्वारा उक्त सेवा सञ्चालन गरिएको हो।
उपप्रधानमन्त्री ईश्वर पोख्रेलको समेतको उपस्थितीमा बुधबारदेखि यो सेवा सुरु गरिएको छ।
यो सेवा लिनको लागि ९८०१०७१२११ र ९८०१९६७७०६ मा सम्पर्क गर्न सकिनेछ।
कस्ता बिरामीलाई भर्ना लिइने?
पिसिआर टेस्ट पोजेटिभ आई कोरोनाको लक्षण ज्वरो, खोकी आदि देखिएका र चिकित्सकको निगरानीमा बस्नु पर्ने हरुलाई भर्ना लिइने छ।
अक्सिजनको लेभल ९० देखि ९४ को बीचमा हुनुपर्ने छ।
सेवा अन्तर्गत
खाने, बस्ने र अक्सिनज, औषधि तथा आधारभूत स्वास्थ्य सेवाको लागि चाहिने कुराहरु निःशुल्क हुने छ।
विशेष औषधि तथा विशेष इन्जेक्सन आदि चाहिएमा विरामी आफैंले व्यहोर्नु पर्ने छ ।
विरामीलाई औषधि र अक्सिजन दिएर कन्ट्रल भयो भने यहीँ बाट डिस्चार्ज भएर घर जाने छन्।
केही जटिलटा आएमा विरामीलाई सुविधा सम्पन्न हस्पिटलमा जानको लागि विरामी आफैँले व्यवस्था गर्नु पर्ने छ ।