एक वर्षको अवधिमा नेपालमा १ लाख ५० हजार ७ सय ६५ नयाँ सवारी दर्ता भएका छन्।
योसँगै नेपालमा दर्ता भएका सवारी साधनको संख्या झण्डै ४० लाख पुगेको आर्थिक सर्वेक्षण २०७७/०७८ ले उल्लेख गरेको छ।
सर्वेक्षणका अनुसार २०७७ फागुनसम्म देशभर कुल ३९ लाख ८७ हजार २ सय ६७ सवारी दर्ता भएका छन्। २०७७ असार मसान्तसम्म कुल ३८ लाख ३६ हजार ५ सय २ सवारी दर्ता भएका थिए।