कोभिड-१९ अस्पतालहरुमा राउण्ड टेबल नेपालले 'प्रोजेक्ट लाइफ लाइन'सुरु गरेको छ। जस अन्तर्गत संक्रमित गम्भीर बिरामीहरुको उपचारका लागि आवश्यक बिप्याप र एचएभएनसी लगायत उपकरणहरु निशुल्क वितरण गरिएको छ।
बिप्याप भेन्टिलेसन थेरापीको एउटा प्रकार हो। यसले संक्रमित गम्भीर बिरामीहरुलाई सास फेर्न सहज बनाउँछ।
जसले आर्थिक अवस्था कमजोर बिरामीहरुलाई धेरै सहयोग पुग्ने विश्वास राउण्ड टेबल नेपालले लिएको छ।
यसै प्रोजेक्ट अन्तर्गत राउण्ड टेबल नेपाल बैंकको पनि सुरुवात गरिएको छ। जसअनुसार बिप्याप उपकरणहरु आवश्यकता परेका अस्पतालमा निश्चित अवधिका लागि निशुल्क उपलब्ध गराइने छ।
महामारीको अन्त्यपछि ति उपकरणहरु फिर्ता लिएर दुर्गम क्षेत्रका अस्पतालहरुमा वितरण गरिने बताइएको छ।
यो प्रोजेक्ट एक हप्ताअघि सुरु गरिएको हो। यस अन्तर्गत राउण्ड टेबल नेपालले २५ वटा उपकरण वितरण गरिसकेको छ। जसको सरदर मूल्य २५ लाख रहेको छ।