एक एक पाइला समूहले थापाथली, काठमाडौंमा रहेको सिटी क्लिनिक मार्फत् कोभिड आउटरिच कार्यक्रम सञ्चालन गरिरहेको छ। महामारीको समयमा स्वास्थ्यका सहयोगको आवश्यक रहेको मानिसहरूसँग एक एक पाइला सिधा सम्पर्कमा छ।
हाल डाक्टरसँग सिधा सम्पर्क गरेर सल्लाह र सुझाब लिन सकिने समूहको भनाइ छ। सेवा लिने समय विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म रहेको छ। डाक्टरहरुसँग ७ देखि ९ बजेसम्म सिधैँँ कलमार्फत् जवाफ लिन सकिन्छ।
बिहान ९ देखि अपराह्न ५ सम्म सबै डाक्टरहरूको व्यस्त हुनेहुँदा म्यासेज पठाउन सकिन्छ। तर आपतकालिन अवस्थामा भने सिधैँँ फोन गरेर आफ्नो समस्या भन्न सकिन्छ।
अपराह्न ५ देखि साँझ ७ बजेसम्म डाक्टरहरूमार्फत् जवाफ लिन सकिन्छ।
डाक्टरहरुको नाम तथा हेल्प लाइन सम्पर्क नम्बरहरु
डा. सुमन थापा (आँखा) ९८०१८६३६६१
डा. कविता धाक्वा (आँखा) ९८०१८६३६६२
डा.सुधाम्शु केसी (जनरल चिकित्सक) ८०२३३२४८८ र ९८४०८७५९००
डा. सुबोध ढकाल (जनरल चिकित्सक) ९८०१८६३६६४
डा. सबीना भट्टराई (छाला) ९८०१८६३६६५
डा. सृष्टि श्रेष्ठ ( छाला) ९८०१८६३६६६
डा. नील पाण्डे (दन्त चिकित्सक) ९८०१८६३६६७
डा. बिनिता अधिकारी (दन्त चिकित्सक) ९८०१८६३६६८
डा. कुञ्जन आचार्य (नाक कान घाँटी) ९८०१८६३६६९
डा. रवीन्द्र प्रधान (नाक कान घाँटी) ९८०१८६३६७०
डा. सपना वैद्य (स्त्री रोग) ९८०१८६३६७१
डा. रिचा गिरी (स्त्री रोग) ९८०१८६३६७२
डा. ज्योति रायमाझी ( सर्जरी) ९८०१८६३६७३
डा. राज राना (आर्थोपेडिक्स) ९८०१८६३६७५
डा. बिष्णु गिरी (बाल रोग) ९८०१८६३६७४
एक एक पाइलाले नियमित मेडिकल सुविधाहरूको अभाव हुने ठाउँमा औषधि र चिकित्सा उपकरणहरूको निःशुल्क वितरण गर्दैँ आएको छ।
विशेषगरी ग्रामीण क्षेत्रहरूका कोभिड संक्रमीत र घरमै क्वारेन्टाइनमा भएका मानिसहरुले यो सेवा प्रयोग गर्न सक्छन्