वात्सलयले आई. भि.एफ. ले निस्सन्तान उपचारका लागि दुई नयाँ प्रविधि ल्याएको छ।
हिस्टेरो–साल्पिन्गो–कन्ट्रास्ट–सोनोग्राफि (एचवाइसिओ) स्पम डिएनए फ्र्यागमेन्टेसन इन्डेक्स नामक दुई नयाँ परीक्षण विधि सुरु गरिएको हो।
जुन नेपालमै पहिलो पटक रहेको वात्सलयले बताएको छ। स्पम डिएभआइ विधिबाट डिएनएको स्तरमा कति क्षति पुगेको छरछैन जाँच गर्न सकिन्छ। सोही अनुसार उपचार गरेर सफलता पाउन सकिन्छ।
एचवाइसिओको माध्यमबाट छिटो र सुरक्षित रुपमा बिना रेडिएसन गर्भनलीको अवस्था थाहा पाउन सकिने बताइएको छ।
निस्सन्तान उपचारका लागि आउने करिब २५/३० प्रतिशत महिलामा गर्भनली समबन्धि समस्या हुने चिकित्सक बताउँछन्।
ल्याप्रोस्कोपीलाई यसको पहिचान र निराकरणमा गोल्ड स्ट्याण्डर्ड मानिन्छ। तर, यसमा सर्जरी आवश्यक पर्ने र महँगो भएको कारण अन्तिम विकल्पको रुपमा प्रयोग गरिन्छ।
गर्भनली बन्द भएको शंका लागेमा वा अज्ञात कारणले गर्भ बस्न नसकेमा पहिलो चरणको निदानमा प्रायास एचएसजीको प्रयोग गरिन्थ्यो। तर यसमा प्रयोग हुने एक्स-रेको नकारात्मक प्रभाव कम गर्न र रेडियोलोजिस्टको संलग्नता बिना नै प्रजनन् विशेषज्ञले एचवाइसिओको प्रयोग गर्न सक्ने वात्सलयले बताउँछ।
वात्सलयले शुरुवात गरेका यी दुई आधुनिक जाँच विधि निस्सन्तान उपचारलाई थप प्रभावकारी बनाउने विस्वास लिएको छ।