नेपाल लगायत भारतको चर्चित अभिनेत्री मनिषा कोइरालाले एक एक पाइला फाउन्डेशनलाई सहयोग गरेकि छिन्।
फाउन्डेशनलाई उनले २० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकि हुन्। कोभिड महामारी रोकथाम तथा नियन्त्रणको लागि ब्याप्स युकेको सहयोगमा कोइरालाले उक्त सहयोग गरेकि हुन्।
एक एक पाइला नेपालमा स्वयंसेवकहरूको एक समूहको हो। यसको उद्देश्य नेपालका दुर्गम ग्रामीण क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान रहेको छ।
हाल यसले थापाथली, काठमाडौंमा रहेको सिटी क्लिनिक मार्फत सेवा सञ्चालन गरिरहेको छ।