टेलिउपचार एपबाट चिकित्सकसँग परीक्षण गराउन सकिने भएको छ। चिकित्सक र बिरामीलाई भेटाउने यो एउटा प्रविधि हो। उक्त एपमार्फत् घर तथा अफिसमै बसेर मोबाइल वा ल्यापटपमार्फत् आफ्नो समस्या राख्न सकिन्छ।
बिरामीको अनलाइन परीक्षणपछि लक्षणअनुसार औषधि वा आवश्य सल्लाह दिइनेछ। बिरामीको सुरक्षित स्वास्थ्य तथा डिजिटल प्रेस्किप्सन एपमा नै राख्न सकिने बताइएको छ।
बिरामीलाई औषधिको होम डेलिभरी सुविधा छ।
टेलिउपचारमा विभिन्न क्षेत्रका विशेषज्ञ, चिकित्सकहरु आवद्ध छन्। आफ्नो समस्याअनुसार चिकित्सकसँग परमार्श लिन सकिन्छ।
हालसम्म १५००ले यसरी सेवा लिइसकेको कम्पनीका महाप्रबन्धक सुरज गिरी आभासले जानकारी दिए। टेलिउपचारको सुरुवात अमेरिकामा रहेका सुमन गिरी र सुनिल पान्डेले गरका हुन्।