होम आइसोलेसनमा बसेका कोभिडका बिरामीलाई आस्क फाउन्डेसनले निःशूल्क सेवा दिइरहेको छ। यो मेडिकल हटलाइन होम आइसोलेसन सेवाअनुसार डाक्टर, नर्सहरुसँग आफ्ना समस्या राख्न सकिन्छ।
कोभिडका बिरामीलाई औषधि कस्तो खाने, सन्तुलित भोजन कसरी गर्ने र मेडिटेसन, योगा, ब्रिदिङ अभ्यास कसरी गर्ने सिकाइन्छ। हालसम्म ८० बढीलाई १० दिनसम्मको होम आइसोलेसन मोनिटरिङ गरिएको छ। साथै हटलाइनबाट टेलि परामर्श पाँच हजारले लिइसकेको कार्यकारी निर्देशक कबिन मलेकूले जानकारी दिए।
यसका लागि ९८८००३५००० मा सम्पर्क गरेर सेवा लिन सकिन्छ। फाउन्डेसनले क्यानाडा सरकारको सहयोगमा यस्तो सेवा दिइरहेको हो। विगत ११ वर्षदेखि फाउन्डेसनले टेलिमेडिसिनमा काम गर्दै आएको छ।
अहिले पनि गाउँका ५ स्वास्थ्य चौकिमा टेलि मेडिसिन सेवा दिइरहेको कार्यकारी निर्देशक मलेकूले बताए। सरकारी अस्पतालमा पनि फाउन्डेसनले टेलि आइसियु सेवा दिइरहेको छ।