वात्सल्य आईभिएफले निःशुल्क टिभिएस जाँच तथा चिकित्सक परामर्शको योजना ल्याएको छ।
यसबाट आइयुआइरआइभिएफ र अन्य निस्सन्तान उपचार विधिबारे जान्ने/बुझे मौका पाइने विश्वास वात्सल्यले लिएको छ।
वात्सल्यले हालै स्पर्म डिएनए फ्रयाग्मेन्टसन र हाइकोसी जस्ता नयाँ प्रविधि भित्राएको थियो। वात्सल्यमा दुई नयाँ विशेषज्ञ डा. सुमी मुनाकर्मी र डा. निजा राजभण्डारी थपिएका छन्।
डा. मुनाकर्मी विगत ५ वर्षदेखि यसै क्षेत्रमा कार्यरत छन्। यस्तै डा. राजभण्डारीले लखनउमा छात्रवृत्ति मार्फत् आइभिएफ सम्बन्धि अध्ययन गरेकि छन्।