चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ।
अस्पतालले भुक्तानी सेवाप्रदायक ई–सेवा र कोजेन्ट हेल्थसँग सहकार्य गरी ई-अपोइन्टमेन्ट प्लेटफर्ममा आबद्ध भएर उक्त सेवा सुरू गरेको हो।
अब चिरायुमा उपचार गर्न तथा डाक्टरसँग परामर्शका लागि ई–सेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने अस्पतालले बताएको छ।
बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सक्नेछन्। कोभिड-१९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउने विश्वास अस्पतालले लिएको छ।
कोजेन्ट हेल्थ र ई-सेवाद्वारा निर्मित ई-अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सय बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन्।