हेपाटाइटिस भनेको एउटा संक्रामक रोग हो। जसमा विभिन्न भाइरसले कलेजोलाई असर गर्छ। हेपाटाइटिस 'ए','बी','सी' र 'ई' कमन हेपाटाइटिस हुन्।
हेपाटाइटिस 'ए' र 'ई' पानीबाट सर्छ। जुन विकसितभन्दा अविकसित मुलुकमा धेरै हुन्छ। हेपाटाइटिस 'ए' र 'ई'को क्षणीक असर देखिन्छ। धेरै नकारात्मक असरसमेत देखिँदैन। हेपाटाइटिस 'बी' र 'सी' रगतबाट सर्छ। यो हेपाटाइटिस बी र सीले कलेजोलाई असर पर्छ।
हेपाटाइटिस 'ए' र 'ई' भएको छ भने सामान्य रूघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ। त्यसको एक हप्तापछि जण्डिस हुने, पिसाब पहेँलो हुने, आँखा पहेँलो हुन्छ भने जिउ चिलाउने हुन्छ। यो आफैं निको हुँदै हुन्छ।
हेपाटाइटिस 'बी' र 'सी'मा अधिकांश मान्छेमा पहिला लक्षण हुँदैन। जण्डिस हुँदै गएपछि जिउ गल्ने र पछि गएर कलेजो फेलसमेत हुन सक्छ। त्यस्तो अवस्थामा पेटमा पानी जम्ने, बान्तामा रगत आउने हुन्छ।
हेपाटाइटिस 'ए' र 'ई' आफैं निको भएर जान्छ। कसैलाई केही समय लाग्छ। थोरै बिरामीलाई अस्पतालमा समेत भर्ना गर्नुपर्छ।
'बी'को हकमा ट्याबलेट र खोप बनेको छ। तर आजको दिनमा ट्याबलेट र खोपले रोगलाई थामेर राख्नेमात्रै हो। पूर्णत: निको हुने क्षमता भएको औषधि बनेको छैन।
'सी'को हकमा औषधि बनेको छ। यसको सफलता दर ९५ प्रतिशत माथि छ।
हेपाटाइटिस भएका बिरामीलाई शारिरीक व्यायाम, स्वस्थ खाना, चिल्लो, पीरो र धेरै नुनिलो खान हुँदैन। कलेजोलाई असर पर्ने खाना खान हुँदैन। रक्सी,चुरोट खानु हुँदैन।
मेडिसिटी अस्पतालमा कार्यररत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर रबिन शर्मासँग हामीले हेपाटाइटिसबारे भिडिओ कुराकानी गरेका छौं।