बिध ल्याबले स्थापनाको १ वर्ष पूरा गरेको अवसरमा विधिन्न सेवामा छुट दिने भएको छ। ललितपुरको कुपण्डोलस्थित युएन पार्क नजिकै रहेको यस ल्याबले अघिल्लो वर्ष आजकै दिनबाट सेवा सञ्चालन गरेको थियो ।
सञ्चालनको १ वर्ष पूरा गरेकोमा यस ल्याबमा हुने प्रत्येक परीक्षणमा छुटको व्यवस्था गरिएको छ । ल्याबका अनुसार आज दिनभर हुने पीसीआर लगायतका सबै परीक्षणमा ५० प्रतिशत छुट व्यवस्था गरिएको छ । त्यस्तै, एक हप्तासम्मका लागि सबै प्रकारका परीक्षणमा ४० प्रतिशत छुट गरिएको उनले बताए ।
ल्याबका अनुसार एक वर्षको अवधिमा अहिलेसम्म एक लाख ३० हजार पीसीआर परीक्षण गरिएको छ। त्यस्तै, अन्य ५० हजार प्याथोलोजी परीक्षण गरिएको जनाइएको छ ।
दोस्रो भेरियन्टको सङ्क्रमितको सङ्ख्या बढेपछि मुलुकभर अक्सिजन सिलिन्डर अभाव भएपछि सुरुमा बिध म्यानेजमेन्टले चीनबाट सिलिन्डर आयात गरेको थियो। कोभिडको महामारीबाट अझै मुक्त हुन नसकेको भन्दै सरकार र सर्वसाधारणलाई आफूहरूसँग सहकार्य गरेर अघि बढ्न ल्याबका अध्यक्ष तथा सञ्चालक बिके भण्डारीले आह्वान गरेका छन्।
अक्सिजनको चरम अभाव भएको बेलामा ल्याबले ललितपुर महानगरपालिका सहित अन्य अस्पतालहरूलाई अक्सिजन सिलिन्डर सहयोग गरेको थियो ।
त्यस्तै, विभिन्न चाडपर्वहरूमा छुटको व्यवस्था गरिँदै आएको ल्याबले जनाएको छ । त्यस्तै विभिन्न मेडिकल विद्यार्थीहरूको परीक्षामा सहभागी हुनका लागि गर्नुपर्ने पीसीआर परीक्षणका लागि पनि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।