हंगेरी सरकारद्वारा नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।
एक कार्यक्रमबीच हंगेरी गणतन्त्रका राजदुत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।
‘हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामाग्रीले नेपालमा कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा रहि काम गर्ने व्यक्तिहरुका लागि सहयोगी सिद्ध हुने अपेक्षा राखेकाछौं।’ नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दुतावासद्वारा जारी विज्ञप्तीमा लेखिएको छ।