कोरोना भाइरस महामारीमा महत्वपूर्ण योगदान गर्ने दर्जनभन्दा बढी संस्थालाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार सम्मान गरेको छ।
परिसरको प्रांगणमा भएको कोभिड–१९ पश्चातको शान्ति सुरक्षा सम्बन्धी नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा उक्त संस्थाहरुलाई सम्मान गरिएको हो।
सम्मानीत हुनेहरुमा सन्चो क्लिनिकका निर्देशकहरु जेन श्रेष्ठ, जश श्रेष्ठ र जेविश श्रेष्ठ, चौधरी फाउन्डेशनका वरिष्ठ कार्यक्रम महाप्रवन्धक तिलकराम शर्मा, जोन्टा क्लवका अध्यक्ष सीमा गोल्छा, पन्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठ, परिवर्तनका लागि संगीत नेपालका अध्यक्ष ईश्वर बज्राचार्य, टेवा संस्थाका अध्यक्ष छिङ लमू शेर्पा, उपकार सेवा नेपालका कार्यकारी सदस्य अग्रवाल, थ्रेड गार्मेन्टका प्रोपाइटर कृष्णराज तिमल्सिना, डिलाइट पार्टी भेन्टका प्रोपाईटर चेतनाथ बजगाई र अरनिको समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठ छन्।
सम्मानित सबै संस्थाहरुलाई कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले हस्तान्तरण गरेकी थिइन्।
सम्मानपछि सम्बोधन गर्दै सञ्चो क्लिनिकका निर्देशक जेन श्रेष्ठले स्वास्थ्य सामाग्री सहयोग गर्ने अवसर दिएकोमा महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यलाई धन्यवाद दिए।