क्याटरपिलर फाउन्डेशनले कोभिड–१९ संक्रमण संघर्षरत मुलुकहरुलाई क्रमिक रुपले आवश्यक राहत प्याकेज सहयोग दिने घोषणा गरेको छ।
फाउन्डेशनले संसारभर छरिएका संस्थाहरु मार्फत कोभिड प्रभावित समुदायमा एक करोड २० लाख अमेरिकी डलर बराबरको राहत सहायता प्रदान गरिसकेको बताएको छ।
कोभिड–१९ बाट अति प्रभावित देशको सूचिमा रहेको नेपाललाई पनि आवश्यक राहत सहायता प्रदान गरिएको हो। असिष्ट इन्टरनेशनलको सहकार्यमा फाउन्डेसनले नेपालको ग्रामिण र शहरी क्षेत्रमा रहेका ६ अस्पतालहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्री अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयु भेन्टिलेटर, प्यासेन्ट मनिटर, नेवुलाइजर उपलब्ध गराएको हो।
पोखरा एकेडेमी अफ हेल्थ साइन्सेस, रुपाकोट गाउँपालिका स्वास्थ्य केन्द्र, स्याङ्जा जिल्ला अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल, शीर मेमोरियल अस्पताल वनेपा र कान्ति वाल अस्पताल, काठमाडौंलाई प्रदान गरिएको हो। यस फाउन्डेशनले थप सहयोग गर्ने बताएको छ।