कोरोना महामारी विरुद्ध लड्न युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत लिथुवेनियाले नेपाललाई स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ।
लिथुवेनियाले पठाएको ५ भेन्टिलेटर र २० अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
गएको पछिल्ला महिनाहरुमा लिथुवेनियासहित युरोपियन युनियनका १३ सदस्य राष्ट्रले नेपाललाई करिब १.७ अर्ब रुपैयाँ बराबरको मेडिकल सामग्री सहयोग गरेका छन्।
लिथुवेनिया नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १३ सदस्य राष्ट्रमध्ये एक हो।
'यस कठिन घडीमा लिथुवेनिया नेपाली जनताको साथमा छ। कोरोना महामारी विरुद्धको लडाईमा ऐक्यवद्धता तथा संयुक्त प्रयास निकै महत्वपूर्ण छ,' नेपालका लागि लिथुवेनियाका राजदूत जुलियस प्रानिभिसियसले भने।